स्थानीय सरकार भन्दा चित्त बुझ्छ भने ‘तह’ हटाइदिउँला : प्रधानमन्त्री

काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह भन्दा आपत्ति भए स्थानीय सरकार भन्न सकिने बताएका छन् ।

नेपाल नगरपालिका संघको २९औँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला र जनताको घरदैलोको सरकार भएको भन्दै उलने शब्दमा आपत्ति जनाउन नहुने बताए ।

उनले भने, ‘नाम हैन, काम गर्ने हो । स्थानीय सरकार भन्दा चित्त बुझ्छ भने त्यो पनि भनौँला । सबै पार्टीलाई सहमतिमा ल्याएर कहाँ–कहाँ संशोधन गर्ने हो गरौँला, ‘मुख्य कुरा भनेको सेवा प्रवाह हो । जनताको दुःख हटाउने काम गर्नुहोस् । तह शब्द हटाइदिउँला केही छैन । जनतालाई प्रत्यक्ष सहभागी गराएर विकास गर्नुहोस् । नीति निर्माण र कार्यान्वयनमा जनतालाई सहभागी गराउनुहोस् ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com