काठमाडौँ उपत्यकामा थप २७ जनामा कोरोना पुष्टि
काठमाडौँ, २९ फागुन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २७ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २४ जना, ललितपुरमा ३ र भक्तपुरमा भने आज संक्रमित थपिएका छैनन् । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६५ जना कोरोना संक्रमित थपिएका छन् ।