घट्यो सुनचाँदीको मूल्य
काठमाडौँ, ३० फागुन । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले बढेर प्रतितोला १ लाख २ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा १ लाख १ हजार ८ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।