पाँच किलो गाँजासहित दुईजना पक्राउ
काठमाडौँ, ३० फागुन । काठमाडौँको कालोपुलबाट पाँच किलो गाँजासहित दुईजना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–७ कालोपुल डेरा गरी बस्ने झापाका ३१ वर्षीय बिरेन कपाली र इलाम घर भएकी ३९ वर्षीया सपना तामाङलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट पाँच किलो अवैध लागुऔषध गाँजा बरामद भएको छ । प्रहरीले उनीहरुको कोठामा जाँच गर्ने क्रममा उक्त गाँजा लुकाई राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।