कार दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते

सिरहा, ३० फागुन । सिरहामा कार दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

गएराति भारतीय नम्बरको कार अनियन्त्रित भएर नरहा गाँउपालिका–३ खोरियाटोलस्थित चोहर्वा सिरहा सडकखण्डमा पल्टिदा कारमा सवार धनुषा कमला नगरपालिका १ का २२ वर्षीय धिरज मण्डलको मृत्यु भएको हो । घाइते हुनेहरुमा धनुषाकै २० वर्षीय शुभलाल मण्डल, सोही ठाँउका ७ वर्षीय बालक आयुष मण्डल र २२ वर्षीय रोशन कुमार मण्डल रहेका छन् ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये शुभलालको अवस्था गम्भीर छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com