बागमती प्रदेशसभाको बैठक स्थगित
हेटौंडा, ३० फागुन । बागमती प्रदेशसभाको बैठक चैत ८ गतेसम्मको लागि स्थगित भएको छ ।
सोमबार बसेको प्रदेशसभाको बैठकमा विशेष समयको व्यवस्था गरिएको थियो भने प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गरेका थिए । आजको बैठकको विषेश समयमा सांसदहरुले प्रदेश सरकारको गतिविधि माथि आफ्नो धारण राखेका थिए ।
बैठकमा सत्तापक्ष माओवादी केन्द्रका युवराज दुलाल, ओबहादुर ग्लान, नेकपा एकीकृत समाजवादी पार्टीका डा. राजेन्द्रमान श्रेष्ठ, मुनु सिग्देल, लक्ष्मण लम्साल, नेकपा नेपाली काँग्रेसका नुच्छेनारायण श्रेष्ठ, भिमसेन खत्री, जिवन डंगोल, विजया केशी श्रेष्ठ, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अष्टलक्ष्मी शाक्य, कैलाश प्रसाद ढुंगेल, केशवराज पाण्डे, सरेश नेपाल, दावा दोर्जे लामा, दिपक निरौला, प्रतिपक्ष दल विवेकशिल साझा पार्टीका रमेश पौड्याल, शोभा शाक्य, नेमकिपाका सुरेन्द्रराज गोर्साइ र राप्रपाकी रिना गुरुङले धारणा व्यक्त गरेका थिए ।