बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा, १ चैत ।  झापाको कमल गाउँपालिका- ५ सीतापुरीमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराति लु १ ख ८८३६ नम्बरको बसको ठक्करबाट इलाम सूर्योदय नगरपालिका-१ सिर्जना टाेलका ३९ वर्षीय कमल राईको मृत्यु भएको हो ।

प्रहरीले बस चालक रुपन्देही बुटवल नगरपालिका-९ बस्ने ५२ वर्षीय पूर्णबहादुर पौडेललाई पक्राउ गरेकाे छ ।  इलाका प्रहरी कार्यालय दमकले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com