नेपाल र साउदी अरबबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ, १ चैत । नेपाल र साउदी अरबबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र साउदी अरब परराष्ट्रमन्त्रीस्तरीय भएको बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी अरबका तर्फबाट साउदी विदेशीमन्त्री फैजल बिन फरहान अल साउदले हस्ताक्षर गरेका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com