चीनको ११ सहरमा लकडाउन

एजेन्सी, १ चैत । चीनमा थप ५ हजार २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चीनमा कोरोना संक्रमण बढ्न थालेपछि कम्तीमा पनि ११ सहर र काउन्टीमा लकडाउन गरिएको समाचार संस्था एएफपीले जनाएको छ ।

सबैभन्दा धेरै संक्रमित जिलिन प्रान्तमा देखिएको छ । जिलिनमा मात्रै तीन हजार बढी संक्रमित थपिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । एक करोड ७० लाख जनसंख्या भएको प्रविधिको हब मानिएको सहर शेनझेनमा पनि लकडाउन गरिएको छ ।

झन्डै ३ करोड चिनियाँहरू अहिले लकडाउनमा बस्न बाध्य भएका छन् । चिनियाँ अधिकारीहरूले कडा लकडाउन लागू गरेका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com