सांसद बस्नेतद्वारा विद्यालयको भवन उद्घाटन

भक्तपुर, २ चैत । २०५९ सालमा तत्तकालिन तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको असक्षमता पछि स्थानीय तहमा जनप्रतिनिधि विहिन भएपछि कर्मचारीतन्त्र, भ्रष्टाचार तथा अनियमितताको साथमा सरकारी संरचनाहरु थिलथिलो बनेको थियो । त कतिपय वन्द भए भने कतिपय सरकारी उद्योगहरु बन्द भए । यसै क्रममा जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित भैरवी आधारभुत विद्यालय पनि बन्द हुने अवस्थामा पुगेको थियो । संघीयता कार्यान्वयवनसँग स्थानीय तहमा २०७४ सालमा नयाँ जनप्रतिनिधिहरु आएसँगै उक्त विद्यालयले पुनःजीवन पाएको छ ।

शैक्षिक क्षेत्रको आमुल सुधार गर्ने लक्ष्यका साथ नगरपालिकाभित्रका सम्पूर्ण सामुदायीक विद्यालयहरुको व्यवस्थापन समितिको नेतृत्व वडाध्यक्षले गर्ने निर्णय गर्यो । जसले गर्दा जनप्रतिनिधिहरुको शैक्षिक क्षेत्र जिम्मेवारी बोध गरे । यो सँगै उक्त विद्यालयले पुनःजीवन पाएको छ । बन्द हुन लागेको विद्यालयलाई हाल जिल्लाकै एक उत्कृष्ट विद्यालयको रुपमा स्थापीत भएको छ । २०३६ सालमा स्थापना भएको उक्त विद्यालयमा नयाँ जनप्रतिनिधि आउनुभन्दा अगाडी १३ जना शिक्षक शिक्षिका थिए भने जम्मा ७ जना विद्यार्थी रहेका थिए । जसले गर्दा विद्यालय बन्द गर्ने तयारी रहेको थियो । तर जनप्रतिनिधिले आफ्नो जिम्मेवारी संहाले पनि हाल २०० भन्दा बढी विद्यार्थीहरु अध्ययन गरिरहेका छन् भने १५ जना शिक्षाक शिक्षिका रहेका छन् ।

नयाँ जनप्रतिनिधि आएसँगै भौतिक प्रगति

विगतमा भौतिक पूर्वाधारको क्षेत्रमा जिर्ण रहेको उक्त विद्यालयमा तीनै तहको सरकारको पहलमा बजेट व्यवस्थापन गरी विद्यालयको ४ कोठे आधुनिक पक्की भवन २ वटा, शुध्द खानेपानीको व्यवस्था, सुविधा सम्पन्न कम्प्यूटर ल्याब, अपाङ्ग र बालमैत्री शौचालयको निर्माण, ४ कक्षा कोठामा लिड टिभी र अन्य सबै कक्षामा कम्प्यूटर व्यवस्था, विधालय सुरक्षित बनाउन घेराबार कम्पाउण्ड निर्माण, विद्यालय प्रङ्गणमा सरस्वती मन्दिर निर्माण, बालमैत्री नयाँ डेक्स बेन्चको व्यवस्थासहितको व्यवस्थीत रुपमा सञ्चालनको शुरुवात गरिएको छ । जसको लागि आज नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उद्घाटन गर्नुभयो ।

विद्यालयमा विद्यार्थीलाई दिइने सुविधा

अहिले विधार्थीलाई निःशुल्क पोशाक दिने, काठमाडौँ वल्ड स्कुलमा पठनपाठन हुने पाठ्यपुस्तक नै विधालयमा पठनपाठन गर्ने सबै पुस्तकहरु निशुल्क दिने व्यवस्था, विज्ञान प्रयोगशालाको व्यवस्था, इसिडीमा प्ले ग्रुप, नर्सरी, एलकेजी, यूकेजी गरी ४ भागमा विभाजन गरी अध्यापन गराउने व्यवस्था, थप अंग्रेजी माध्यममा पठन पावन र बुक कर्नरसहितको कक्षा कोठाको व्यवस्था, प्लेग्रुप देखी यूकेजीसम्म कार्पेट कुसन र राउण्ड टेबुल भएको भूइ बसाइको व्यवस्था, शिक्षक विधार्थी निर्मित विविध शैक्षिक सामग्रीको व्यवस्था, साना विदार्थीलाई खेलौनाको व्यवस्था, गुणस्तरीय, प्रविधिमैत्री, बालमैत्री एवम संस्कारयुक्त शिक्षा दिने व्यवस्था, गुण्डू स्वास्थ्य चौकीको सहयोगमा इवामुरा हस्पिटलको डाक्टरद्वारा प्रत्येक महिना निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गर्ने व्यवस्था रहेको छ ।

पूर्व प्रधानाध्यापकसहित वर्तमान शिक्षक शिक्षिकालाई सम्मानको साथमा ल्यापटप वितरण

२०३६ सालमा स्थापना भएको विद्यालयमा हालसम्म आइपुग्दा विद्यालयको नेतृत्व गरेका पूर्वप्रधानाध्यापहरुलाई खादा तथा दोसल्ला ओडाएर सम्मान गरिएको छ । त्यस्तै हाल विद्यालयलाई सुधार गरी विद्यार्थीको मन जित्न सफल गर्ने शिक्षक शिक्षिकालाई सम्मान गरिएको छ । त्यस्तै पाँच जना शिक्षक शिक्षिकालाई ल्यापटप वितरण गरिएको छ । जसले गर्दा सामुदायी विद्यालयका शिक्षक शिक्षिकाका आधुनिक प्रविधिको विकास होस् र विद्यार्थीले समय सापेक्ष प्रविधिको प्रयोग गरी आधुनिक सिकाई पाउन भन्ने हो । विश्वलाई एउटा साँघुरो घेरामा राख्न सफल भएको प्रविधिको प्रयोगले निजी विद्यालयभन्दा उक्त विद्यालयलाई उत्कृष्ट बनाउने योजना बनाइएको छ ।

दुई विद्यालयलाई उच्च माध्यमिक बनाउने तयारी

भैरवी आधारभुत विद्यालयको साथ साथै ज्योती माध्यमिक विद्यालयलाई उच्च माध्यमिक सम्मको पठन पाठन गराउने तयारी भइरहेको वडाध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिनुभयो । दुवै विद्यालयलाई उच्च माध्यमिक बनाउने र उक्त स्थानमा अध्ययन गर्ने जो कोहि विद्यार्थीले उच्च शिक्षा हासिल गर्न आफ्नै ठाउँमा गर्न पाउने वातावरण तयार गर्ने शुरुवात गरिएको उहाँले जानकारी दिनुभयो । जसको लागि आवश्यक निकायमा छलफल भइरहेको छ । छलफलले अन्तिम रुप भने पाउने सकेको छैन ।

चार वर्ष अघि आएको मानिस अहिले आयो भने सोमलियाबाट अमेरिका गएको जस्तो अनुभव हुन्छ: सांसद बस्नेत

कार्यक्रममा सांसद बस्नेतले उक्त स्थानमा चार वर्ष अघि आएको मानिस अहिले आयो भने सोमलियाबाट अमेरिका गएको जस्तो अनुभव हुने दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘जिर्ण भवन थिए, खोलामा कल्भर्ट थिएन, सडक थिएन, खेलमैदान थिएन, आवश्यक विकासका पूर्वाधार थिएन तर अहिले आवश्यक सम्पूर्ण विकासका पूर्वाधारहरु बनिसकेको छ ।’

शिक्षाको सुधार तथा भैतिक सुधार नसोचेको प्रगति हासिल गरेको उल्लेख गर्दै उहाँले जनप्रतिनिधिले गरेको पहलकदमी प्रभावकारी भएकै कारण शिक्षा, स्वास्थ्य, मठमन्दिर, पार्टी पौवा लगायतका कुराहरु एकै पटक बनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘समस्या सँग सँगै समाधान आउने, कुनै पनि विकाससँगै आधुनिक विकास आएको छ । २०७२ सालको महाभुकम्पले ठूलो विनास भएता पनि अहिलेको जनप्रतिनिधिले विकासमा रुपान्तरण गरेको छ । भत्केका विद्यालय मात्र नभई अन्य विद्यालयको भवन निर्माण गरिएको छ । जसमा सूर्यविनायक गनरपालिकामा मात्र ३७ वटा विद्यालयहरुको निर्माण भएको छ ।’

कार्यक्रममा सांसद बस्नेतको साथमा बागमती प्रदेश सभा सदस्य शशिजंग थापा, जिल्ला समन्वय समितिको उपप्रमुख सरिता कुवर, उपप्रमुख जुना बस्नेत, सूनपा ७ का वडा अध्यक्ष सापकोटा, सूनपा ८ का वडा अध्यक्ष किरण थापा, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कणेल, काठमाडौँ वल्ड स्कुलका कोडिनेटर शिवराज ओझा, वडा सदस्यहरु, भैरबी स्कुलका प्रअ राजकुमार बस्नेत, ज्योति माध्यामिक विधालयका प्रअ कृष्णलाल नेमाफुकी, चन्द्र सूर्य आधारभूत विधालयकी प्रअ मेनुका सापकोटालगायतको उपस्थिती रहेको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com