एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौँ, ३ चैत । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ ।

बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो । बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताइएको छ । बैठकले निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धी विषयमा पनि छलफल हुने भएको छ । स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुंगो लगाउने छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com