हेटौडाको सिमेन्ट उद्योगमा एक युवकको मृत्यु

काठमाडौँ, ३ चैत । हेटौडाको सिमेन्ट उद्योगमा एक युवकको मृत्यु भएको छ ।

उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जनाकारी दिए । हेटौडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा सफाइ गर्ने क्रममा उनको मृत्यु भएको हो ।

अख्तरको सरसफाइ गर्ने क्रममा मेसिनको फित्तामा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक सापकोटाका अनुसार मेसिनको फित्तमा च्यापिएर घाइते भएका अख्तरलाई उपचारको लागि हेटौडा अस्पताल लगिएको थियो। उपचारको क्रममा अख्तरको मृत्यु भएको हो ।

प्रहरीले घटनास्थलको अनुसन्धान गर्नुका साथै शवको मुचुल्का उठाउने काम गरिरहेको जनाएकोे छ । रासस

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com