आगामी चुनावमा कलमले कमाल गर्छ : अध्यक्ष नेपाल

काठमाडौँ, ३ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी चुनावमा कलमले कमाल गर्ने दाबी गर्नुभएको छ ।

होलीको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नेता नेपालले आफूहरुको खिसिट्युरी गर्नेको हविगत आगामी चुनावमा देखिने दावी गर्नुभयो । राष्ट्रियसभाका दुईवटै चुनावमा कमाल गरेर देखाएको बताउँदै उहाँले अब स्थानीय चुनावमा पनि देखिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वैशाख ३० गतेको चुनावको बेलामा कलमको कमाल देखिनसक्नुपर्दछ । सत्य र न्यायको प्रतीकको रुपमा रहेको त्यो कलमले अवश्य कमाल गर्ने छ भन्ने विश्वास गर्दै गाउँगाउँ, टोलटोल, बस्तीबस्तीमा पुगौं । जनपरिचालन गर्ने काममा लागिपरौं । यो पार्टीको सामर्थ्य शक्ति चुनावको मैदानमा देखिने छ । हाम्रो खिसिट्युरी गर्ने तत्वहरुको हरिबिजोग त्यही बेलामा थाहा हुने छ । घमण्डको पोको भएको रावणको नास भएजस्तै, होलिका दहन भएजस्तै त्यस्ताहरुको नास हुनेछ ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com