पल शाहविरुद्ध नवलपुर अदालतमा मुद्दा दर्ता

काठमाडौँ, ३ चैत । बलात्कारको आरोप लागेका अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

एक १६ किशोरीले दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले पहविरुद्ध अभियोगपत्र दायर गरेको हो । सरकारी वकिलको कार्यालयले पललाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र किशोरीलाई क्षतिपूर्ति दिनपर्ने माग दाबी गरेको छ ।

उनीविरुद्ध मुलुकी अपराध संहिताको दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com