आजको मौसम

काठमाडौँ, ४ चैत । आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।

आज बिहान पहाडी भूभागमा आंशिक बदली भए पनि अन्य भूभागमा सामान्यतया मौसम सफा रहेको छ । आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाको अनुमान छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

त्यस्तै भोली पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भूभागका एक-दुई स्थानमा मेगगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावाना छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com