बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

वाग्मती, ४ चैत । मकवानपुरको मनहरिमा आज भएको यात्रुबस दुर्घटनामा परी मृत्यु भएका दुईजनाको सनाखत भएको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ मा भएको दुर्घटनामा मृत्यु हुनेहरूमा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–४ निवासी २२ वर्षीय सुवास श्रेष्ठ र उक्त बसमा सवार सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरीका अनुसार हेटौँडाबाट चितवनतर्फ गइरहेको ना४ख ४४५४ नम्बरको बस आज बिहान ८ः३० बजे मनहरि–६ को कुलचोकमा दुर्घटना भएको हो । दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको भएको मनहरिस्थित इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण नआइसकेको र दुर्घटनाको कारण पनि खुल्न नसकेको उनले बताए । घाइते भएकाहरूलाई चितवन अस्पताल पठाइएको र मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको छ । रासस

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com