एमालेद्वारा अनिश्चितकालिन जिल्ला बन्दको घोषणा (विज्ञप्तिसहित)

रौतहट, ४ चैत । नेकपा एमाले रौतहटले आफ्ना नेतालाई बद्‌नाम गर्न प्रशासन प्रयोग गरिएको भन्दै अनिश्चितकालका जिल्ला बन्द गर्ने घोषणा गरेको छ ।

गठबन्धन सरकारले एमाले पार्टी पंक्ति  र नेता प्रभु साहलाई बद्‌नाम गर्न स्थानीय प्रशासनको दुरुपयोग गरेको भन्दै जिल्ला बन्द गर्ने घोषणा गरिएको हो । शुक्रबार जिल्ला अध्यक्ष त्रिभुवन साह’अमर’ ले प्रेस विज्ञप्ति जारी गरी स्थानीय प्रशासनको षड्यन्त्रको छानबिन गरी कारबाही गर्न गृहमन्त्रालय लगायत माथिल्लो निकायको ध्यानाकर्षण गराएका हुन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com