माओवादी केन्द्र लुम्बिनीले तोक्यो ९ जिल्ला संयोजक

काठमाडौँ, ४ चैत । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले प्रदेश अन्तर्गतका जिल्ला संयोजक तोकेको छ ।

बुधबार बसेको प्रदेश समितिको प्रथम पूर्ण बैठकले ९ जिल्लामा संयोजक तोकेको हो । बैठकले रुकुम पूर्वमा होमप्रकाश श्रेष्ठ, नलवपरासी पश्चिममा भवेश्वर तिवारी, रुपन्देहीमा नारायण तिवारी, कपिलवस्तुमा विष्णु शाह र गुल्मीमा बिरबहादुर कार्की संयोजक तोकेको छ ।

त्यस्तै प्युठानमा तिजबहादुर एमसी, रोल्पामा सुरेन्द्र घर्ती, दाङमा तुलसीराम पुन र अर्खाखाँचीमा राजेन्द्र भुसाल तोकेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com