ट्याक्टर दुर्घटना हु्ँदा १ जनाको मृत्यु

दाङ, ५ चैत । रुकुम(पूर्व) मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अन्सुअर पुथाउत्तरगंगा गाउँपालिका-१२ को गर्खानीमा रा१च ३३७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको हो ।

मृतकको भने परिचय खुलेको छैन । घाइते भएका ती पुरुषलाई रुकुमकोट अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते एक जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुवैको रुकुम(पूर्व) अस्पततालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com