ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

भक्तपुर, ५ चैत । भक्तपुरको कौशलटार चोक नजिकै ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ  ।

प्रहरीका अनुसार गएराति काठमाडौंबाट भक्तपुर जाँदै गरेको ना७त २७७४ नम्बरको ट्याक्टरबाट खसेर उदयपुरको गाइघाट घर भई ललितपुरको इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको हो ।

बालुवा घोल्ने मिक्सर मेसिन लिएर गएको ट्याक्टरबाट एक्कासी सडकमा खसेर घाइते भएका कार्कीको समिट अस्पतालमा प्राथमिक उपचार गरी ट्रमा सेन्टर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com