१७ जनामा कोरोना संक्रमण, ४०९ जना डिस्चार्ज

काठमाडौँ, ५  चैत । थप १७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७८ हजार १ सय २७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ५ सय ९५ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ४ सय ९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६२ हजार ५ सय ८२ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० जना रहेको मन्त्रालयले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com