आजको मौसम

काठमाडौँ, ६ चैत । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । देशका विभिन्न भागमा आज पानी पर्ने भएको छ । आज दिउँसो पहाडी भू–भागका थोरै स्थानमा मेगगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश–१ लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेनेछ । अन्य भू–भागमा आंशिक बदली रहने भएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com