बसभित्र बलात्कार गरेको आरोप एक युवक पक्राउ

ललितपुर, ६ चैत । ललितपुरमा १३ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गोदावरी नगरपालिका–३, पुतलीघाट बस्दै आएका उदयपुरको कटारी नगरपालिका–१०, सोरुङका ३८ वर्षीय चुक्तबहादुर राउतलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

पुतलीघाटस्थित सडक किनारमा पार्किङ गरिराखेको बा४ख ३१८१ नम्बरको बसभित्र मंगलबार राति राउतले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com