नेपाल आइडल सिजन-४ को उपाधि भूपेन्द्र थापा मगरलाई

काठमाडौँ, ६ चैत । नेपाल आइडल सिजन-४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन् ।

गएराति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै भूपेन्द्रले उपाधि जितेका हुन् । यस्तै झापाका नामगेल तामाङ फस्ट रनरअप र  रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए ।

उपाधि विजेता भूपेन्द्रले ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त गरेका छन्। त्यस्तै  तामाङले ५ लाख र नेपालीले ३ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com