स्रोत नखुलेको २२ लाख रुपैयाँसहित एकजना पक्राउ

पोखरा, ६ चैत । कास्कीको पोखरामा स्रोत नखुलेको २२ लाख रुपैयाँसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–३०, पावरहाउसस्थित सडकबाट सो रकमसहित नवलपरासी (पश्चिम)को सुस्ता गाउँपालिका–२, रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बा३ख ८६२१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त स्रोत नखुलेको नगदसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com