माओवादी केन्द्रका प्रमुख सचेतक एमालेमा प्रवेश

काठमाडौँ, ६ चैत । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर बहादुर विष्ट एमालेमा प्रवेश गरेका छन ।

आज वीरेन्द्रनगरमा रहेको सिटी हलमा एमालेले आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनले स्वागत गरेका हुन ।

एमाले प्रवेश गरेसँगै नकेपा माओवादी केन्द्रले विष्टको सचेतक पद निलम्बन गरेको बताएको छ । विष्ट एमाले प्रवेश गरे लगत्तै सुर्खेतको पूर्वी क्षेत्रमा माओवादीको तर्फबाट कमिटीहरू एमालेमा समाहित गर्ने तयारी छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com