एमाले उपाध्यक्ष पौडेल नेतृत्वको टोली चीन प्रस्थान

काठमाडौँ, ७ चैत । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वको टोली चीन भ्रमणमा प्रस्थान गरेको छ ।

चीनको कुन्मिङमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सचेन्ज कार्यक्रममा सहभागी हुन उपाध्यक्ष पौडेल नेतृत्वको टोली चीन प्रस्थान गरेको हो । एमाले प्रतिनिधिमण्डल टोली हिमालय एयरलाइन्सको कार्गो फ्लाइटमार्फत आज बिहान चीन प्रस्थान गरेको बताइएको छ ।

प्रतिनिधिमण्डल चीनको कुन्मिङमा आयोजना हुने कार्यक्रममा भाग लिएर यही चैत १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com