देशभरका एम्बुलेन्स एकद्वार प्रणालीबाट सञ्चालन गरिँदै

काठमाडौँ, ७ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय प्रेषण केन्द्रका लागि ६ जना स्वास्थ्यकर्मीको माग गरेको छ । मन्त्रालयका लागि तीनजना हेल्थ असिष्टेन्ट र तीनजना नर्स माग गरिएको हो ।

योग्यता पुगेका व्यक्तिले आइतबादेखि सात दिनभित्र अनलाइन आवेदन दिन पाउनेछन् । राष्ट्रिय प्रेषण केन्द्र देशभर छरिएका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्न मन्त्रालयद्वारा स्थापित केन्द्र हो ।

राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ मा मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइ अन्तरगत काठमाडौं उपत्यकामा राष्ट्रिय प्रेषण केन्द्र रहने व्यवस्था छ ।

No photo description available.
May be an illustration of text that says "SN Checklist for Document Submission Name the Applicant: Name documents Citizenship certificate Cover Letter Updated (according template) Academic Transcripts compulsory (latest and Character Certificates, Certificates emergency IT: Diploma Check Remarks ternational degrees) seminar related training, workshop packages, Office health ergency operation, response, management, initiative Referees (Name, Agency, Designation, Email and Contac number) Professional council registration (valid) ব্ংথা नैपाल पল्দারম रामशाहपय, जनसंख्या काठमाडा COVID-19 Emergency Response Health Systems"

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com