मोटरसाइकल घरको भित्तामा ठोक्किँदा एक जनाको मृत्यु

मोरङ, ८ चैत । मोरङको कटहरी गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराती को२९प ९१९७ नम्बरको मोटरसाइकलअनियन्त्रित भई घरको भित्तामा ठोक्किएर मोटरसाइकल चालक स्थानीय २२ वर्षीय रबि हजारी थारुको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरस्थित कोसी अस्पतालमा सोमबार राति १० बजे मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा पछाडि २६ वर्षीय सत्यनारायण माझीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com