जीपको ठक्करबाट एक महिलाको मृत्य

सर्लाही, ८ चैत । सर्लाहीको गोडैटा नगरपालिका–१० मा जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएकी छिन् ।

गएराति भारतीय नम्बरको जीपले पैदलयात्रीद्वयलाई एकैसाथ ठक्कर दिदा भारत घर भई हाल सर्लाहीको गोडैतास्थित माइतीमा बस्दै आएकी ४० वर्षिया रन्जीतादेवी मन्डलको मृत्यु भएको हो । अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जनाइएको छ ।

सोही दुर्घटनामा ६५ वर्षीय जयकलियादेवी मण्डल गम्भीर घाइते भएकी छन् । उनको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । जीपसहित चालकलाई नियन्त्रणमा लिइथप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com