आजको मौसम
काठमाडौँ, ९ चैत । देशका पहाडी भू–भागका केही स्थानमा आज मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो प्रदेश–१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
त्यस्तै आज राति देशको उच्च पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश–१, वाग्मती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।