भुसुनाहरुले अलिअलि दुःख दिन्छन्, उनीहरुका पछि लाग्नु आवश्यक छैन : पूर्वमन्त्री पण्डित

काठमाडौँ, ९ चैत । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले ५ दलीय गठबन्धनलाई भुसुनाको संज्ञा दिनुभएको छ ।

केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पण्डितले ५ दलीय गठबन्धनमा रहेका राजनीतिक दलहरूलाई भुसुनाको संज्ञा दिनुभएको हो । एमालेलाई साथ सहयोग गर्ने र एमालेमा सहभागी हुनेहरूलाई एमालेले पनि साथ दिने तर सत्ता गठबन्धनजस्तो गठबन्धन नबनाउने र उनीहरुका जसरी रुन्चे काम पनि नगर्ने एमालेले नगर्ने उल्लेख गर्दै उहाँले विगतको १० वर्ष र त्यो भन्दा बढि समयमा अरु सरकारले गरेका काम र एमालेले ७४ पछि गरेका कामको तुलना गर्दा एमालेकै पालमा बढि भएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भुसुनाले अलिअलि दुःख दिन्छन्, तर उनीहरुका पछाडि लाग्नुपर्ने एमालेलाई आवश्यकता छैन । हामी जनतामाझ जान्छौ, अधुरो सपना पुरा गर्ने प्रयास गर्छौ । सपनाहरु व्यवहारमा उतार्न समय लाग्छ ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com