आजको मौसम

काठमाडौँ, १० चैत । देशका विभिन्न भागमा आज वर्षा हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सफा रहनेछ ।

त्यस्तै आज राति देशको पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सफा रहनेछ । प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com