मृगौला पिडित श्रेष्ठलाई आर्थिक सहयोग

भक्तपुर, १० चैत । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा मृगौला पिडितलाई आर्थिक सहयोग गरिएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डू तिथली निवासी आर्थिक स्थिति कमजोर रहेको विपन्न परिवारकी, सविता श्रेष्ठको २४ वर्षे छोरी सुजिता श्रेष्ठको दुवै मृगौला फेलभई उपचारमा पर्न गहेको समस्यालाई मध्यनजर गर्दै नेता बस्नेतको पहलमा रु ५० हजार सहयोग गरिएको छ ।

नेता बस्नेत मार्फत नागरिक हेल्थ ट्रष्ट फण्डका अध्यक्ष गोपीकृष्ण न्यौपाने, उपाध्यक्ष बचन देउजा र कोषाध्यक्ष डा. मोनिषा कार्कीको पहलमा नागरिक हेल्थ ट्रष्ट फण्डले रु ५० हजार सहयोग गरेको छ । सहयोग रकम सूर्यविनायक नगर अस्पताल जगातीबाट डा. कार्कीले हस्तान्तरण गर्नुभयो ।

मानव सेवा नै धर्म रहेको उल्लेख गर्दै नेता बस्नेतले उपचारको अभावमा कोही पनि नागरिकले अकालमा ज्यान गुमाउनु नहुने उल्लेख गर्दै सक्ने व्यक्ति तथा संस्थाहरुले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । नेता बस्नेतले मृगौला पिडित श्रेष्ठको स्वास्थ्य लाभको कामना गर्दै खुल्ला हृदयका साथ पिडितलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो । कार्यक्रममा नगरप्रमुख बाशुदेव थापा उपस्थिती रहेको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com