त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या

काठमाडौँ, १० चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएको छ । प्राविधिक समस्याका कारण बिहान करिब आधा घण्टासम्म उडान अवतरण प्रभावित भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वैकल्पिक व्यवस्था गरी उपकरण अहिले चालु राखेको छ । राडारमा हल्का समस्या देखिएको थियो भने अहिले त्यो ठीक भइसकेको र सावधानी अपनाएर काम गरिराखेका विमानस्थलले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com