३५ जनामा कोरोना संक्रमण,२६६ जना डिस्चार्ज
काठमाडौँ, १० चैत । थप ३५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७८ हजार २ सय ९६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार २ सय १९ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज २ सय ६६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६४ हजार १ सय २७ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना रहेको मन्त्रालयले जनाएको छ ।