पासपोर्ट लिनेको भीड थेग्नै गाह्रो

काठमाडौँ, ११ चैत । गर्मी बढ्दै छ । तर, राहदानी विभाग अगाडिको भीड घट्दैन । कोही उँग्दै बसेका छन् । कोही पसिना पुछ्दै । रातिदेखि लागेको लाइन मिच्चिने डरले भोक तिर्खा भुलेका उनीहरूको एउटै उद्देश्य थियो’वैदेशिक रोजगारीका लागि राहदानी बनाउनू ।’ तर, भीड सरेन ।

बिहीबार दिनभर सेवाग्राहीले घाम छले तर, काम बनेन। दैनिक ५ हजार सेवाग्राही पुग्ने विभागको सर्भर डाउन हुँदा सेवाग्राही मर्कामा परे। विभागले बिहीबार सूचना निकाल्दै भन्यो, ‘राहदानी विभागका लागि खोलिएको आज मिति २०७८ चैत १० गतेको बुकिङ फुल भएको छ । बुकिङ २०७८ चैत १३ बाट हरेक दिन अपराह्न साढे ४ बजेपछि मात्र खोलिने व्यहोरा अनुरोध छ ।’

राहदानी बनाउन अहिले अग्रिम बुकिङ गर्नुपर्छ। तर, सर्भरले थाम्दैन। सर्भरको क्षमता कम हुँदा नयाँ युगमा राहदानी प्रवेश गरेको बताए पनि नागरिकको सास्ती कम छैन । ‘म राति ३ बजे नै आएर लाइनमा बसेँ, बिहीबार बिहान १०:५६ बजे कार्यालय परिसरमा भेटिएका बाग्लुङका २७ वर्षीय समिपराज आचार्यले भने, ‘डेढ महिना पहिले नै बुक गरेर आएँ। अहिले त सर्भर चलेको छैन भन्छन् । के गर्ने?’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com