सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ

दाङ, ११ चैत । दाङमा सासूको हत्या गरेको आरोपमा बुहारीलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय खिलतपुरका अनुसार ६५ वर्षीया सासू गंगी कुँवरलाई हँसिया र चक्कु प्रहार गरेर हत्या गरेको आरोपमा बुहारी बबई गाउँपालिका(७ की २२ वर्षीया जमुना कुँवरलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी बुहारीले सासू गंगीको हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । गंगीको शव मंगलबार शान्तिनगर गाउँपालिका-६ स्थित कोरबाङको नर्सरीमा फेला परेको थियो । मृतकका छोरा रोजगारीको सिलसिलामा स्याङजा बस्दै आएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com