कांग्रेस कार्यालयमा देउवाविरुद्ध नाराबाजी

काठमाडौँ, ११ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा परिसरमा सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ ।

डा. शेखर कोइराला समूह निकट विद्यार्थीहरुले नेविसंघ र नेपाल तरुण दलको अध्यक्ष मनोनयनलाई लिएर नाराबाजी गरेका हुन् । प्रधानमन्त्री समेत रहेका सभापति देउवा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुग्दैछन् । त्यही बेला पार्टी कार्यालय प्रवेश गर्ने सडक छेउमा बसेका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com