अध्यक्ष ओली कर्णालीका विकट क्षेत्रका कार्यक्रममा सहभागी हुने

काठमाडौं,  ११ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्णालीका विकट क्षेत्रका विविध कार्यक्रममा सहभागी हुने भएका छन । दुई हप्ताका बीचमा उनले जुम्ला, कालिकोट र हुम्लाका दुईवटा गरी चारवटा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

एमाले केन्द्रीय सदस्य नगिन्द्र शाहीका अनुसार चैत १७ गते जुम्लाको सिँजामा नेपाली काँग्रेस र नेकपा माओवादी विप्लव समुहका नेताहरुलाई एमाले प्रवेश गराउने कार्यक्रम छ । सोही दिन कालीकोटको सदरमुकाम मान्मामा पनि पार्टी प्रवेश सहित चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यसैगरी बैशाखको ४ गते अध्यक्ष ओलीले कर्णालीको विकट हिमाली जिल्ला हुम्लाका दुईवटा कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । अध्यक्ष ओलीले हुम्लाको सदुरमुकाम सिमिकोट र अदानचुली गाउँपालिकामा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले हुम्लाले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com