बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
धनगढी, १४ चैत । कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बाख्रा चराउन जंगल गएकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुषलाई पक्राउ गरिएको हो ।
बाख्रा चराएर घर फर्कने क्रममा ती बालिकालाई पुरुषले बलात्कार गरेको भन्दै आफन्तले उजुरी दिएपछि पुरुषलाई पक्राउ गरिएको हो । पक्राउ परेका पुरुषमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।