नेपालमा पूर्वाधारको क्षेत्रमा ठूलो लगानी चाहिएको छ : महामन्त्री थापा

काठमाडौँ, १४ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई पूर्वाधारको क्षेत्रमा लगानी चाहिएको बताएका छन् ।

आइतबार १० औँ गैर आवासीय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालमा अबको आठ, दश वर्ष पूर्वाधारको क्षेत्रमा ठूलो लगानी चाहिएको बताएका हुन् । आन्तरिक स्रोतको परिचालनले मात्रै पूर्वाधारको विकास गर्न नसकिने भन्दै महामन्त्री थापाले बाह्य लगानी भित्र्याउनुपर्ने बताए । उनले नेपालको कृषि बजारमुखि हुने र मानिसहरुलाई बाहिर पठाउनाले पनि अर्थतन्त्रमा असर परिरहेको स्पष्ट पारे । पूर्वाधारसँगै शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि विकास हुनुपर्ने उनको भनाइ थियो ।

महामन्त्री थापाले भनेका छन्, ‘हाम्रो कृषि बजारमुखि हुने, हाम्रो मानिसहरुलाई एक्सपोर्ट गरेर बाहिर पठाउने, सामान इम्पोर्ट ल्याएर चलाउने । यो धन्दा मात्रै चलाइ राखेर हामीले जति कुरा गरे पनि हाम्रो अर्थतन्त्रको चरित्र जस्ताको तस्तै राखेर हाम्रो देशको अवस्था बदलिनेवाला छैन । यसलाई बदल्ने कुरा हो । यसलाई बदल्ने कुराको सन्दर्भमा एउटा डिर्पाचर हामीलाई चाहिएको छ । कृषिको क्षेत्र उद्योगमा नगएर सेवामा गएको छ । अब ८÷१० वर्ष ठुलो लगानी हामीलाई पूर्वाधारमा चाहिएको छ । कनेक्टिभिटी हाम्रो लागि एकदमै ठुलो, महत्वपूर्ण च्यालेन्ज हो । हामीसँग भएको स्रोत, आन्तरिक स्रोत सम्पूर्ण रुपमा परिचालन गर्दाखेरी पनि बाहिरको स्रोत नल्याइकन, बाहिरबाट स्रोत परिचालन नगरीकन हाम्रो पूर्वाधारलाई हामीसँग अहिले स्रोतको अभाव छ । त्यो हामीलाई चाहिएको छ । हामी यो ग्राण्डबाट ल्याउँला, लोनबाट ल्याउँला, डाइरेक्ट इन्भेष्टमेन्टबाट ल्याउँला एउटा पार्ट यो भयो । त्यसपछि हामीले यहाँको इजुकेशन र हेल्थ दुईवटा कुरा । हाम्रो हुमन डेभलपमेन्टको जुन अवस्था छ यो अवस्था नबदलीकन, पूर्वाधारले मात्र हामीलाई पुदैन ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com