आजको मौसम

काठमाडौँ, १५ चैत । हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज बिहान वाग्मती, प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । अन्य भू–भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी  भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १ का पहाडी भूभागका केही स्थान तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघ गर्जन  चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com