बम विस्फोट हुँदा दुईजना घाइते
फाइल फोटो
विराटनगर, १५ चैत । सुनसरीको इटहरीमा ‘सुतली’ बम विस्फोट हुँदा दुईजना घाइते भएका छन् ।
प्रहरीका अनुसार गएराति इटहरी उपमहानगरपालिका–२, हलगडाको नवजागृति टोलमा डेरा गरी बस्ने २२ वर्षीय रबिन थापा र लमजुङ, ढोडेनीका २३ वर्षीय शेरजंग गुरुङ विस्फोटमा परी घाइते भएका हुन् ।
गुरुङ र थापा बस्ने घरको डेरामा राति साढे १० बजेतिर विस्फोट भएको र थापाको आँखा तथा गुरुङको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ । घटनास्थलमा हिमाल सुरक्षा परिषद्को पर्चा भेटिएको जनाइएको छ । उक्त संगठनले गएको फागुन १५ गते विज्ञप्ति प्रकाशित गरी सशस्त्र युद्ध सुरु गरेको जनाएको थियो ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।