परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, १५ चैत । नेपालका परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

श्रीलंकाको कोलम्बोमा दुई समकक्षीबीच आज भेटवार्ता भएको हो । कोलम्बोमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (विमिस्टेक)सम्मेलनमा सहभागी हुने क्रममा खड्का र जयशंकरबीच भेटवार्ता भएको हो । विमिस्टेक सम्मेलन आजैदेखि कोलम्बोमा सुरु भएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com