माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

डोटी, १८ चैत । डोटीमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिहीवार केआईसिंह गाउँपालिका ४ कारीगाउँका १३ वर्षीय दिनेश विकको मृत्यु भएको हो ।

घर पोत्नका लागि माटो लिन गएका उनी माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर घाइते भएका थिए । उनको  नजिकैको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com