सेवाग्राहीलाई हैरानी दिएको आरोपमा १५ जना पक्राउ

ललितपुर, १८ चैत । ललितपुर यातायात कार्यालयमा आएका सेवाग्राहीलाई हैरानी दिएको आरोपमा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका–४ बागडोल बस्ने खोटाङ दिक्तेलकी १९ वर्षीया इनिमाया राईसहति १५ जनालाई पक्राउ गरेको हो ।

उनीहरूले ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालय, बागमतीको कार्यालय परिसरमा अनधिकृत रूपमा भेला भई कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक झन्झट दिएको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com