प्रधानमन्त्री देउवालाई नयाँ दिल्लीमा राज्यमन्त्रीले गरे स्वागत

काठमाडौँ, १८ चैत । तीन दिने भ्रमणका लागि भारत गएका प्रधानमन्त्री शेरबहादुर देउवालाई लिल्लीमा भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले  स्वागत गरेका छन् ।

धानमन्त्री देउवासँग स्थानीय समय अनुसार आज ४ः३० बजे भारतीय विदेशमन्त्री एस जयशंकरले नयाँ दिल्लीस्थित होटल आइटीसीमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री देउवा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा जाने कार्यक्रम रहेको छ ।

शनिबार स्थानीय समय अनुसार विहान १०ः४० बजे प्रधानमन्त्री देउवा राजघाट जाने कार्यक्रम छ । त्यसपछि सोही दिन ११ः१० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवा आइतबार विहान ९ बजे उत्तर प्रदेशको वाराणासी पुग्ने कार्यक्रम रहेको छ । वाराणासीबाट पुनः नयाँदिल्ली आई उनी त्यहाँबाट ४ः१५ बजे स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com