भक्तपुरमा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

भक्तपुर, १८ चैट । भक्तपुरको ताथलीमा प्लानिङको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार चागुनारायण नगरपालिका वडा न. ९ ताथलीमा चम्पा कुस्माले गरेको जग्गा प्लानिङमा वाल लगाउने काम गर्ने काभ्रेका चौरी देउराली गाउँपालिका ३ को ५० वर्षको वर्षमान तामाङ र नमोबुद्ध नगरपालिका-९ को ३२ वर्षको चतुरमान तामाङको मृत्यु भएको हो ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com