ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ, १९ चैत । ललितपुरको ग्वार्कोमा ट्याङ्करको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार शनिबार बेलुकी बा २ ख ६५१० नम्बरको ट्याङ्करले मङ्गलबजार बस्ने ४२ वर्षीय राज महर्जनको मृत्यु भएको हो । ठक्करबाट घाइते उनलाई उपचारको लागि पाटन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

ठक्कर दिने ट्याङ्करसहित चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com